हिमालय एयरलाइन्सले दमामको उडान भर्ने

हिमालय एयरलाइन्सले दमामको उडान भर्ने 
हिमालय एयरलाइन्सले तिहारको विशेष उपहारको रुपमा दमामको दैनिक उडान सुरु गर्न लागेको छ । साउदीमा करिब पाँच लाख नेपाली मजदुरहरु कार्यरत रहेको अनुमान गरिन्छ ।
उनीहरुलाई नै लक्षित गरेर हिमालय एयरलाइन्सले दमामको दैनिक सिधा उडान सञ्चालन गर्न लागेको हो । हिमालय एअरलाइन्सको उडान नम्बर एच९५५९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार राति १०स्३० मा प्रस्थान गरी किङफाद अन्तर्राष्ट्रिय विमानस्थलमा अर्कौ दिनको बिहान ००ः५० मा अवतरण गर्नेछ । त्यसैगरी उडान नम्बर एच९५६० किङफाद अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार ०१स्५० मा प्रस्थान गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ०९स्१५ मा अवतरण गर्नेछ । हिमालय एअरलाइन्सले अस्फर ट्राभल एण्ड टुरिजमलाई साउदी अरबको लागि आधिकारिक विक्रेता तोकेको छ । नेपाल र चीनको सँयुक्तल गानीमा सञ्चालित हिमालय एअरलाइन्स सन् २०१६ को मे बाट दोहाबाट आफ्नो व्यवसायिक उडान सुरु गरेको थियो । क्वालालम्पुर, याङगुनमा भदौ ३० बाट पुनः उडान गर्ने जनाएको उक्त कम्पनीले यसअघि दुबइमा उडान सुरु गरेको थियो । केही महिनापछि एयरलाइन्सले पहिलो चरणमा ढाका, हङकङ, बैंकक र दोस्रो चरणमा चीनको बेइजिङ र चेन्ग्दुलाई आफ्नो थप गन्तव्य बनाउने जनाएको छ । 

Comments